साल्ट ट्रेडिङले गर्यो ६३औं बार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम

आर्थिक समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

२२ भदौं, काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६३औं बार्षिकोत्सवको पूर्वसन्ध्यामा आज आइतवार राजधानीस्थित संस्थाको केन्द्रीय कार्यालय भवनमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

रक्तदान कार्यक्रममार्फत संस्थाका कर्मचारीहरूसँगै विभिन्न संचारमाध्यमका पत्रकारहरूले समेत स्वेच्छिक रक्तदान गरेका थिए । सहभागीहरूले यसलाई सामाजिक उत्तरदायित्वसँग जोडिएको कदम भन्दै सकारात्मक पहलको रुपमा लिएका छन् ।साल्ट ट्रेडिङ कर्पोरेशनले प्रत्येक वर्ष आफ्ना बार्षिकोत्सवका अवसरमा सामाजिक कार्यमार्फत समाजप्रति उत्तरदायी योगदान गर्ने परम्परा रहेको जनाएको छ । यही भदौ २७ गते औपचारिक रुपमा ६३औं बार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइनेछ ।

संस्थाका पदाधिकारीहरूका अनुसार आगामी वर्षहरूमा पनि बार्षिकोत्सवलाई केवल औपचारिकतामा मात्र सीमित नराखी, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा योगदान दिने अभियानलाई निरन्तरता दिने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *