भण्डारीको पार्टी सदस्यता महाधिवेशनको विषय होइनः अध्यक्ष ओली

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढंगले उचालिएको बताएका छन । शुक्रबार ललितपुरको गोदावरीमा आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनमा ओलीले भण्डारीको पार्टी सदस्यताको विषय महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल नै हुन नसक्ने बताएका हुन ।

उनले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको प्रश्न कमिटीगत छलफलको विषय भएकोले त्यसबारे स्थायी कमिटी वा केन्द्रीय कमिटीमा मात्रै बहस हुने बताए । पार्टीभित्र कतिपय कुरालाई अनावश्यक रूपमा अघि बढाउन खोजिएको भन्दै उनले विधान महाधिवेशनको मुख्य कार्यसूची विधानसँग सम्बन्धित विषयमै केन्द्रित हुने बताए ।

ूविधान महाधिवेशनको बेला केही विषयहरू अनावश्यक ढंगले अघि बढाइएका छन् । ती कुराहरू विधान महाधिवेशनसँग सम्बन्धित छैनन् । ती विषयहरू अन्यत्रै कमिटीगत छलफलका विषय हुन्  ओलीले भने, विधान महाधिवेशनमा विधानको विषयमा केन्द्रित भएर छलफल हुन्छ ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले सोही कार्यसूचीमा केन्द्रित भएर छलफल अघि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *