प्रधानमन्त्री कार्कीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

प्रमुख समाचार प्रशासन राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मुलुकका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएकी छिन् ।

परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन प्रधानमन्त्री कार्कीले बैठक आह्वान गरेकी हुन् ।

बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *