वर्तमान संकटको निकास संविधानबाटै खोज्नुपर्छ- राजेन्द्र पाण्डे

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान संकटको निकास संविधानबाटै खोज्नुपर्ने बताएका छन् ।

शुक्रबार बिहान एक वक्तव्य जारी गर्दै पाण्डेले असहज परिस्थितिको निकास २०७२ सालमा संविधान सभाबाट जारी संविधानबाटमात्र सम्भव भएको बताएका हुन् ।

यदि संविधानभन्दा बाहिर गएर निकास खोज्न प्रयास भए अन्त्यहीन विवादमा फस्ने तथा देश र जनताले सधैँ दुख पाउने अवस्था आउने पाण्डेको भनाइ छ ।

पाण्डेले वक्तव्यमार्फत भनेका छन् -‘त्यसैले म सम्माननीय राष्ट्रपतिज्यूले सुझबुझ पुर्‍याएर आन्दोलनरत जेनजी प्रतिनिधिहरूलाई साथ लिई, संविधानविदहरु, नागरिक समाज, बुद्धिजीवी, संसदमा रहेका दलसमेतलाई सहभागी बनाई वर्तमान संसदबाटै संविधान संशोधन गरी आन्दोलनकारीले उठाएका मागलाई सम्बोधन गर्दै संविधानभित्रैबाट निकास खोजी अन्तरिम सरकार गठन गर्न हार्दिक आग्रह गर्दछु’, ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *