अरुण काबेली पावर लिमिटेडको साधारणसभा सम्पन, ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित

आर्थिक समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार, होटल कृष्टल पशुपति, पिङ्गलास्थान काठमाडौंमा कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेको अध्य्क्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाबाट आर्थिक वर्ष २०८१/0८२ को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्नुका साथै लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्दै लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गरेको छ।

 

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८९ करोड ५ लाख ९४ हजार रुपैयाँ रहेको छ । सभाले काबेली इनर्जी कम्पनीको संस्थापक सेयरमा थप लगानी गर्न तथा बैंकको दीर्घकालीन कर्जा आंशिक भुक्तानी गर्न हाल कायम कम्पनीको चुक्तापुँजीको १:०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेका छ।

 

यस हकप्रद निष्काशनबाट संकलित रकम काबेली इनर्जी लिमिटेड कम्पनीको संस्थापक शेयरमा थप लगानी गर्न तथा बैंकको दीर्घकालीन कर्जा आंशिक भुक्तानी गर्न प्रयोग गरिनेछ।


 



त्यसका साथै, साधारण सभाले हकप्रद जारीपछि कम्पनीको चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन, विभिन्न कम्पनीका संस्थापक शेयरमा गरिएको लगानी अनुमोदन गर्ने तथा नयाँ कम्पनीहरुमा लगानी गर्न स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्ष २०८१/0८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको ।

विभिन्न कम्पनीका संस्थापक शेयरमा गरिएको लगानी अनुमोदन गर्ने, नयाँ कम्पनीमा लगानी स्वीकृति दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

अरुण काबेली पावर लिमिटेड कम्पनीले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङ्ग जिल्ला बीच भई बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी-१ जलविद्युत परियोजनाक २०७६ आश्विन १६ गते देखि राष्ट्रिय ग्रीडमा विद्युत आपुर्ति गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *