भ्रष्ट प्रदेश सरकार विघटन गरी संघीयतालाई बलियो बनाऔं : प्रभु साह

अन्तर्राष्ट्रिय प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 


। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट प्रदेश सरकार र स्थानीय सरकार पनि खारेज हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा सुरु भएको आम जनता पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले संघीयता खारेज होइन अझै बलियो बनाउनुपर्ने बताए ।

आजपाले मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, लुट एवं भ्रष्टाचार अन्त्य गर्न दलाल दलतन्त्रको सट्टा आम जनताको शासनका जरुरी छ भन्ने निष्कर्ष निकाल्दै दुई बर्ष अघि तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो । सोही तेस्रो जनआन्दोलनको जगमा अहिले जेनजीको जनविद्रोह भएको साहले बताए ।

‘मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, दलहरुको लुटकारी दलतन्त्रका कारण मुलुकको राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र नै धरासायी बन्दै गएको निष्कर्ष हाम्रो थियो । त्यसैले हामीले तेस्रो जनआन्दोलनको घोषणा पनि गर्यौ र त्यही जगमा आज जेनजीको जनविद्रोह भयो,’ आजपा अध्यक्ष साहले भने ।

शक्ति राष्ट्रहरुको चलखेल बढेको आभाष भईरहेको बताउँदै उनले एकैदिन शक्ति राष्ट्रका राजदूतले प्रधानमन्त्रीको कार्यालयमा घरदैलो गरिरहेकाले नेपाली नागरिक सचेत हुनुपर्ने समेत उनले बताए ।

‘अगाडिको बाटो क्लियर छैन, बिग्रिएको व्यवस्था नभत्काएसम्म र यी चोर नेतालाई विस्थापित नगरेसम्म देश बन्दैन,’ उनले भने ।

जसले देशलाई भड्खालोमा हाले आज उनीहरु नै अहिले टाउको उठाउन खोजिरहेको बताउदै उनले युवाहरुको हत्या गर्ने केपी ओलीहरु अहिले युवालाई झुठो मुद्धामा फसाउने षडयन्त्रमा लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *