अरनिको राजमार्ग निरीक्षणमा पुगे यातायातमन्त्री कुलमान

प्रमुख समाचार प्रशासन समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दुई महिनादेखि अवरुद्ध अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् ।

पहिरोका कारण लामो समयदेखि सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा चीनबाट नेपालतर्फ आएका हजार बढी कन्टेनर अलपत्र छन् । दसैँ, तिहार र छठका लागि चीनबाट ल्याइएका सामान समयमा आइपुग्ने सम्भावना कम भइरहेका बेला मन्त्री घिसिङ अनुगमनका लागि पुगेका हुन् ।

मन्त्री हुनेबित्तिकै कुलमानले सरोकारवालाको बैठक बोलाएर सडक खुलाउने कामलाई तीव्रता दिन निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *