पत्रकारको पेसागत र भौतिक सुरक्षाप्रति गम्भीर छु : सञ्चारमन्त्री खरेल

अन्तर्राष्ट्रिय प्रमुख समाचार प्रशासन राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारहरूको पेसागत र भौतिक सुरक्षाका सम्बन्धमा आफू गम्भीर भएको भन्दै राज्यका सम्बन्धित निकायसँग छलफल गर्ने बताएका छन् ।

 

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा आज आयोजित हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री खरेलले पत्रकारहरूको सुरक्षा व्यवस्थाका विषयमा गृहमन्त्रीलगायत सम्बन्धित निकायसँग छलफल गर्ने बताए ।

 

उनले गत चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको प्रदर्शनको समाचार सङ्कलन गर्ने क्रममा पत्रकार सुरेश रजकको निधन भएको घटनाबारे छानबिन वा उचित न्यायका लागि पहल गर्ने बताए । रजकसँगै विभिन्न आन्दोलन एवं प्रदर्शनका क्रममा मृत्यु वा घाइते भएका पत्रकारका विषयमा समेत छानबिन गर्ने उनको भनाइ थियो ।

यस वर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजनका क्यामरापर्शन रजकलाई मरणोपरान्त प्रदान गरेको छ । मन्त्री खरेलले यस पुरस्कारले रजकसँगै स्व पत्रकारहरू हेम–सुनिलप्रति श्रद्धाञ्जली अर्पण गरे ।

‘सम्मानले परिवारलाई धैर्यता र साहस दिन्छ, स्व पत्रकार रजकको न्यायका लागि मन्त्रालय तत्पर हुनेछ । गृहमन्त्रीसँग छलफलमा बसेर कुरा गर्नेछु । प्रधानमन्त्रीसमक्ष पनि यो कुरा पु¥याउने छु’, उनले भने, ‘पत्रकारको जीवन व्यवस्था परिवर्तन गर्दा होस वा सरकार परिवर्तन, प्राकृतिक वा मानव निर्मित जोखिम कुनै पनि कालखण्डमा जोखिम मालेर काम गरिरहेका हुन्छौँ । गाँस, बास कपासको दुःख हुन्छ तर हामीले देश, राष्ट्र जनताका लागि कलम चलाइरहनुपर्ने, आवाजहरू दिइरहनुपर्छ । आफू मरेको थाहै हुँदैन, आफू अधिकारविहीन, आफू अन्यायमा परेका थाहै हुँदैन ।’

मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) लाई स्वतन्त्र, व्यावसायिक र आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा समेत जोड दिए । ‘रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज हुनु पिएसबी हुनु हो भन्नेमा ढुक्क नहोऔँ । जिम्मेवार, जबाफदेही, स्वतन्त्र र व्यावसायिक पिएसबी बनाउँछौँ भन्नेमा मेरो विश्वास छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *