चाडपर्व लक्षित मात्र होइन, सधैँभरिलाई सहुलियत मूल्यको पसल चलाउने तयारी छ : प्रमुख गुप्ता

अन्तरवार्ता
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

बिक्री गर्ने गछौँ । सहुलियत मूल्यको पसलबाटै दाङको तोरीको तेललाई समेत बिक्री गर्ने गरि सोचेका छौँ । त्यसका लागि स्थानीय तहले सहयोग गरिदिए धेरै सहज हुने थियो । त्यसको लाभ किसानले समेत लिन पाउने अवस्था बन्ने थियो ।

— सहलियत मूल्यको पसल घोराहीलाई मात्र भयो, देउखुरी र पश्चिम क्षेत्रका नागरिकलाई सेवा लिन अप्ठेरो भयो भन्ने गुनासो सुनिन्छ नि ?

हो, सहुलियत मूल्यको पसल सञ्चालन गर्दा मात्र होइन, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले किसानलाई कृषि पेसाका लागि उपलव्ध गराउने रासानिक मल बिक्रीका लागि समेत समस्या हुने गरेको छ । देउखुरी र तुलसीपुर क्षेत्रमा रहेका सहकारीलाई मल ल्याउनका लागि घोराही आउनुपर्ने बाध्यता छ । किसानलाई सहजताका लागि लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिका नगर प्रमुखलाई जग्गा उपलव्ध गराउन पटक पटक आग्रह गरेको छु तर जग्गा पाइएको छैन ।

जग्गा पाइएको अवस्थामा मलका लागि सहकारीलाई घोराही आउनुपर्ने बाध्यता हुने थिएन । देउखुरी क्षेत्रका किसानले लमही र तुलसीपुरदेखि पश्चिमतिरका सहकारीले तुलसीपुरबाटै मल पाउनु अवस्था बन्ने थियो । त्यसले किसानलाई सहज हुने थियो । दाङसँगै रोल्पाका किसानलाई समेत सहज हुने गरी पसल राख्ने सोचेका छौँ ।

— प्रसङ्ग बद्लौँ साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले दाङमा रासायनिक मल पनि बिक्री गर्ने गर्दछ नि ?

दाङमा साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले नुनसँगै रासायनिक मल बिक्री गर्दै आएका छौँ । नुन र रासायनिक मल वर्षभरी नै चल्ने गर्दछ । नुन र रासायनिक मल दाङसहित रोल्पा, रुकुम पर्व, सल्यान र प्युठानमा पनि बिक्री गर्ने गरेका छौँ । पहाडी जिल्लाहरूमा पनि दाङबाटै पठाउने गरेका छौँ । नेपाल सरकारको तोकेको रेटमै साल्ट ट्रेडिङले आवश्य


कताको करिव ३० प्रतिशत मल बिक्री गर्ने गरेको छ । दाङमा पनि त्यही अनुसार करिव ३० प्रतिशत मल साल्ट ट्रेडिङले सहकारी सस्थाहरूलाई वितरण गर्ने गरेको छ । साविक राप्तीका पाँचवटै जिल्लामा आयो नुन बिक्री गर्ने गर्दै आएको छ ।

— दाङमा रासायनिक मलको प्रयोगबारे किसान कत्तिको सचेत देख्नुहुन्छ ?

दाङ मात्र होइन, देशभरकै ट्रेन हेर्ने हो भने रासायनिक मलको प्रयोग बिना कृषि उत्पादन हुँदैन भनने किसानमा भ्रम छ । त्यो भ्रम चिर्ने काम साल्ट ट्रेडिङ कर्पाेरेसनका माध्यमबाट मैले जिल्लामा गरिरहेको छु । मल लग्ने प्रत्येक सहकारी सस्थालाई युरिया, डिएपीसँगै पोटास, सल्फर प्रयोग गर्नुपर्छ भनेर बिक्री पनि गरिरहेका छौँ ।

त्यस बारेमा सम्भव भएसम्म जिल्लाका विभिन्न सहकारी सस्था, कृषि समूहलाई सचेतनाका लागि जानकारी समेत गराउने गर्दै आएका छौँ । बुझेका किसानले पछिल्लो समय थोरै भएपनि पोटास, सल्फर प्रयोग गर्न थाल्नुभएको छ । यो राम्रो काम हो । यसले माटोको ऊर्वराशक्ति बढाउनका साथै नागरिकको स्वास्थ्यमा समेत सहयोग गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *