अन्तरवार्ता
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

अहिले फेरि डेंगु संक्रमितको संख्या बढिरहेको छ, यसको कारण के होला ? 
नेपालमा विशेषगरी मनसुनपछि डेंगु संक्रमितको संख्या बढ्ने गरेको छ । हुन त मनसुनदेखि नै यसको संख्या बढ्न थालेको हुन्छ । तर, मनसुनपछि लामखुट्टेलाई प्रजनन गर्न सहज हुने परिस्थिति सिर्जना हुन्छ । जस्तो, स्थिर जमेको पानी र ठिक्कको तापक्रम लामखुट्टे वृद्धिका लागि उपयुक्त हुन्छ । यही अवधिमा केही वर्षदेखि काठमाडौंजस्तो ‘पकेट एरिया’मा संक्रमणले ठुलो रूप लिन थालेको छ । तथापि, थोरै संख्यामा संक्रमित वर्षभरि नै देखिन थालेको छ । अहिले यो नेपालको रैथाने रोग बनिसकेको छ । चिसो बढेको समय केही कम र दसैँ–तिहारपछि उच्च देखिए पनि वर्षैभरि संक्रमित देखिन थालेको छ ।

रैथाने बनिसकेको डेंगु रोकथाममा सरकारको तयारी भने पर्याप्त किन देखिँदैन ? 
दसैँ–तिहारपछि डेंगुका बिरामीको संख्या ह्वात्तै बढ्ने क्रम केही वर्षदेखि नै छ । तर, यसको रोकथाम गर्न सम्बन्धित निकायले पर्याप्त ध्यान दिएको छैन । कदम नै नचालेको त होइन, तर पर्याप्त छैन । सायद, यसलाई ठुलो जनस्वास्थ्य समस्या नठानेर गम्भीरता नलिएको होला ।

नेपालमा डेंगुले बंग्लादेशकै जस्तो विकराल रूप लिने सम्भावना कत्तिको छ ? 
बंग्लादेशमा अहिले डेंगुबाट बर्सेनि सयौँको ज्यान जान थालेको छ । केही दशकअघिसम्म त्यस्तो स्थितिमा थिएन । त्यहाँको वर्तमान चित्र भविष्यमा नेपालका लागि चेतावनी हो । भविष्यमा यस रोगविरुद्ध खोप विकास भए त फरक कुरा हो नत्र लामखुट्टेको टोकाइबाट बचौँ भनेर मात्र संकट टार्न अब गाह्रो हुनेछ । नेपालमै पहिले खासै नसुनिने यो रोगले तीन वर्षअघि अर्थात् सन् २०२२ मा ८८ जनाको ज्यान लियो । त्यही वेला नै चेत्नुपर्ने थियो । अझै हेलचेक्र्याइँ गरियो भने पछि गम्भीर अवस्था निम्तिन सक्छ ।  nayaptrika .com Bat

Leave a Reply

Your email address will not be published. Required fields are marked *