विपिन जोशीको निधन प्रति राष्ट्रपतिद्वारा दुख ब्यक्त

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लर्न एण्ड अर्न कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको भन्ने खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ ।

 

उहाँले प्यालेष्टेनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाईको लागि आफूलेसमेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको बताउनुभएको हो ।

उहाँले जोशीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजन र सबै शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *