बाढीपहिरोमा विस्थापित भएका इलामका १०६ घरपरिवार छरछिमेककाे शरणमा

प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

पाँचथर  । गत शनिबार रातिको बाढीपहिरोमा विस्थापित भएका इलामका १०६ घरपरिवार छिमेकी र आफन्तका घर तथा विद्यालय र त्रिपालमा बसिरहेका छन् ।

घर पूर्ण रूपमा क्षतिग्रस्त भएर विस्थापित भएकाको संख्या १०६ रहे पनि आंशिक क्षति पुगेका घरको संख्या संकलन गर्न नसकिएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । गत शनिबारको पहिरोले इलामका १० मध्ये आठ पालिका प्रभावित छन् । इलाम नगरपालिकामा ४४, फाकफोकथुम गाउँपालिकामा १६, माई नगरपालिकामा १३, सन्दकपुर गाउँपालिकामा १२, माङसेबुङ गाउँपालिकामा ११, सूर्योदय नगरपालिकामा पाँच, देउमाई नगरपालिकामा तीन र माईजोगमाई गाउँपालिकामा दुई घरपरिवार विस्थापित भएका छन् ।

‘कतिपय ठाउँमा अझै विद्युत् अवरुद्ध छ । स्थानीय तहमा कर्मचारी दसैँ मनाउन गएर फर्किएका थिएनन् । अहिले विवरण संकलन भइरहेको छ । यो प्रारम्भिक तथ्यांक हो, बढ्न सक्छ,’ उनले भनिन्, ‘विस्थापित परिवारलाई सम्बन्धित पालिकामार्फत अत्यावश्यक राहत गएको छ । तर, सडक अवरुद्ध हुँदा राहत पठाउन समस्या भइरहेको छ ।’

 

इलाममा पहिरोमा ज्यान गुमाउनको संख्या ३९ पुगेको छ । एकजना अझै बेपत्ता छन् । सन्दकपुर गाउँपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *