झलनाथ खनाल पार्टी एकताकाे विपक्षमा

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादीसँग पार्टी एकता गर्न नहुने बताएका छन् ।

समाजवादी र माओवादीबीच एकताको गृहकार्य भइरहेका बेला पत्नीको उपचारका लागि भारतमा रहेका नेता खनालले आफ्नो धारणा सार्वजनिक गर्दै यतिबेला कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने बताएका हुन् ।

‘कमरेडहरु यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौँ,’ उनले भनेका छन् ।

साथै उनले सबैभन्दा पहिले नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणबारे निर्मम समीक्षा गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

उनले भनेका छन्, ‘सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं । ठिक बेठिक के ग¥यौं, दूध र पानी छुट्याऔँ । हामीले नवौं राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔँ ।’

साथै उनले देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *