राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्वस्थ भएपछि शनिबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका उनी आज बिहान डिस्चार्ज भएका हुन् ।

त्यहाँ एक दिन उपचार भएपछि उनलाई आज डिस्चार्ज गरिएको सेन्टरले जनाएको छ । शनिबार नै सेन्टरले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *