काठमाडौँ । डिल्लीबजार कारागार तोडेर त्यहाँ रहेका कैदीबन्दी भाग्न खोजेपछि सेनाले घेरेको छ। बुधबार बिहानदेखि त्यहाँ राखिएका कैदी र थुनुवाहरू जम्मा भएर नाराबाजी गरेका थिए।
कैदीहरू जेलबाट भाग्न खोजेपछि कारागार परिसर र सडकमा समेत सेनाले मोर्चाबन्दी कसेको छ। अहिले भाग्न लागेका कैदीलाई रोकेर सेनाले कारागार क्षेत्रलाई नियन्त्रणमा लिइसकेको छ।