महासचिव शंकर पोखरेलले केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको उल्टो वर्णानुक्रम (ज्ञ)बाट बोल्न प्रस्ताव राखेपछि विरोध भएको हो ।
अघिल्ला बैठकहरुमा केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको सुल्टो वर्णानुक्रम (‘अ’बाट ‘क’ हुँदै ‘ज्ञ’सम्म) बोल्ने प्रचलन थियो । तर, यसपटक महासचिव पोखरेलले उल्टोबाट (‘ज्ञ’बाट ‘क’ हुँदै ‘अ’सम्म) पालैपालो बोल्ने प्रस्ताव राखेका थिए ।
त्यसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विरोध जनाए । उनको विरोधमा अरू केही केन्द्रीय सदस्यहरूले पनि समर्थन जनाए ।
केन्द्रीय सदस्यहरूले पहिले पदाधिकारीहरू पनि बोल्नुपर्ने र त्यसमा पनि आफूहरूले धारणा राख्नुपर्ने भनेपछि बैठक हलमा होहल्ला भयो ।
त्यसपछि ‘खाजा ब्रेक’ गरियो । खाजा खाइसकेपछि बैठक पुन: सुरु गर्ने तयारी छ । बैठकमा धारणा राख्न प्रत्येक सदस्यलाई ३–३ मिनेटको समय छुट्याइएको छ ।