तिहारमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । यस वर्षको तिहारमा कुनै ठुलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको शनिवारको बुलेटिनअनुसार पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।

तिहारका विभिन्न दिनको मौसम पूर्वानुमान निम्नानुसार छः

कार्तिक ३ गते (लक्ष्मी पूजा)

लक्ष्मी पूजाको दिन पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कार्तिक ४ गते

यो दिन पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना कायम रहनेछ ।

कार्तिक ५ गते (गोवर्धन पूजा)

गोवर्धन पूजाको दिन पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ ।

कार्तिक ६ गते (भाइटीका)

भाइटीकाको दिन कोशी, मधेश र अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *