एमालेको सचिवालय बैठक बस्दै

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ बजेदेखि डाकिएको बैठकको मूल एजेण्डा महाधिवेशको तयारी र जनपरिचालन छन् ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सचिवालय बैठक आसन्न पोखरा महाधिवेशनमा केन्द्रित हुने बताए । महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे बैठकले निर्णय गर्नेछ ।

महाधिवेशनमा करिब २२ सय प्रतिनिधि चयन हुनसक्ने प्रारम्भिक अनुमान छ । सौराहाको १०औं महाधिवेशनमा आयोजकसहित १९ सय हाराहारीमा प्रतिनिधि थिए ।

गौतमका अनुसार एमालेमा अहिले ६ लाख ६३ हजार संगठित सदस्य कायम छ । १०औंमा एक हजार सदस्य बराबर ३ जना रहेकोमा यसपटक सदस्य संख्या बढेकाले १२ सयको अनुपातमा ३ जना प्रतिनिधि छनोट हुन सक्ने खाका बनाइएको छ । तर, यसको अन्तिम निर्क्यौल भने सचिवालयले टुंग्याउनेछ ।

प्रतिनिधिहरू भूगोल (निर्वाचन क्षेत्र), २३ वटा जनसंगठन, ३३ विभाग, केन्द्रीय कार्यालय र प्रवासबाट छानिने छन् । भूगोलमा संघीय निर्वाचन क्षेत्रलाई नै कायम गर्ने सम्भावना छ।

त्यस्तै संसद पुनस्स्थापनाको मूल एजेन्डासहित जनपरिचालनसम्बन्धी अर्को एजेण्डामा सचिवालयमा छलफल हुनेछ । सरकारले शान्तिपूर्ण र निष्पक्षरूपमा चुनाव गराउने ग्यारेन्टी नगरेसम्म चुनाव सम्भव नभएको भन्दै एमालेले प्रतिनिधिसभा पुनस्स्थापनालाई जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *