रामकुमारी झाक्री आज एमाले फर्कंदै

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । रामकुमारी झाक्रीसहितका नेताहरू सोमबार एमाले फर्कंदैछन्।

सोमबार साढे दुई बजे राष्ट्रिय सभा गृहमा एमालेले घर्क फर्क राष्ट्रिय अभियान सञ्चालन गर्दैछ। यही कार्यक्रममा झाक्रीसहित नेताहरू फर्कन लागेका हुन्।

एकतामा समाहित नभएका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, गम्भीरलाल श्रेष्ठसहितका नेता एमाले फर्कन लागेका हुन्।

उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको एमाले नेताहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *