कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा मार्फत मधेश सरकार गठन प्रक्रियाको विरोध

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । मधेश प्रदेशमा  एमाले संसदीय नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भएकोप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत संविधानको धारा १६८(२) को सरकार बन्ने संभावना छँदै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन गरिएकोमा विरोध जनाएका हुन् ।

उनले यसले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने आशंका व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मधेश प्रदेशमा भएको अ–राजनीति दुःखद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ ।’

साथै उनले यसलाई न्यायालयले सच्याउने अपेक्षा पनि गरेका छन् । ‘संविधानको धारा १६८ (२) को सरकार बन्ने संभावना छँदै मञ्चन भएको प्रहसनलाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ,’ महामन्त्री शर्माले लेखेका छन् ।

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १०३ बमोजिम एमाले नेता यादवलाई कात्तिक २३ गतेको पत्रमा आज बिहान मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

अस्वस्थ भएकाले काठमाडौं जान्छु भन्दै आज बिहान निवासबाट निस्किएकी भण्डारीले बर्दिबासस्थित पानस होटलमा एमाले नेता यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएपछि चौतर्फी आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *