काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक सरेको छ।
कात्तिक २७ र २८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक सारेर मंसिर २४ र २५ गतेका लागि पुर्याइएको हो।
महामन्त्रीसमेत रहेका सचिवालय प्रमुख राजेन्द्र गुरूङले आज एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘कार्तिक २७ र २८ गतेका लागि पूर्वनिर्धारित केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवश मंसिर २४ र २५ गते काठमाण्डौंमा बस्ने गरी तोकिएको छ।’
अध्यक्ष राजेन्द्र लिङ्देन र दुई जना पूर्व अध्यक्षहरू पशुपति शम्शेर राणा तथा प्रकाशचन्द्र लोहनीसँग परामर्शपछि केन्द्रीय समितिको बैठक सारिएको उनको भनाइ छ। पार्टीभित्र देखिएका आन्तरिक समस्या समाधान गरी केन्द्रीय समिति बैठक गर्न लागिएको अध्यक्ष राजेन्द्र लिङ्देननिकट नेताहरूले दाबी गरेका छन्।