विपक्षी दल मधेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध आजै सर्वोच्च जाने

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध विपक्षी दल सर्वोच्च अदालत जाने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) को विकल्प हुँदाहूँदै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहानै उपधारा (३) बाट मुख्यमन्त्री नियुक्ति गरेपछि विपक्षी दलहरुले आजै सर्वोच्च जाने तयारी गरेका हुन् ।

मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध आजै सर्वोच्च जाने तयारी भएको जसपा नेपालका नेता मनिष सुमनले जानकारी दिए । उपधारा (२) को विकल्पमा जान सकिने हुँदाहुँदा पनि उपधारा (३) बाट मुख्यमन्त्री नियुक्ति गर्नु गलत भएको विपक्षी दलहरूको भनाइ छ ।

विक्षपी दलहरूमा लोसपा, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजावादीलगायत पार्टी रहेका छन् । नेपाली कांग्रेस पनि मुख्यमन्त्री नियुक्तिको विपक्षमा रहेको छ ।

स्वास्थ्य उपचारका लागि भन्दै बिहानै जनकपुरबाट काठमाडौंतर्फ लागेकी प्रदेश प्रमुखले बर्दिवासस्थित एक होटलमा बिहान साढे ४ बजे एमाले संसदीय दलका नेता यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *