काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भतरपुरस्थित चौविसकोटीमा आज विशेष कार्यक्रम आयोजना गर्दैछ । बिहान ११ बजे आयोजना हुने कार्यक्रमलाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्नेछन् ।
सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि लामो हिरासत बसाईपछि शुक्रबार धरौटीमा रिहा भएका उनले आज पहिलोपटक राजनीतिक सम्बोधन गर्न लागेका हुन् ।