नेपाली युवा संगठनद्वारा भेनेजुएलामाथि अमेरिकी सैन्य हस्तक्षेपको भर्त्सना

राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौँ । नेपाली युवा संगठनहरूले अमेरिकी साम्राज्यवादद्वारा भेनेजुएलाको सार्वभौमसत्ता र निर्वाचित राष्ट्रपति दम्पत्तीमाथि गरिएको आक्रमणप्रति घोर आपत्ति जनाएका छन् ।

 

योङ कम्युनिस्ट लिग नेपालका अध्यक्ष पुष्प ओली, युवा संघका संयोजक रोशन थापा र नेपाल समाजवादी युवा संघका इन्चार्ज विजय खड्काले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई अमेरिकी साम्राज्यवादको दादागिरीपूर्ण व्यवहार र अन्तर्राष्ट्रिय कानूनको अवहेलनाको प्रमाण भएको बताएका छन् ।

विज्ञप्तिमा युवा संगठनहरूले साम्राज्यवाद, युद्ध र बाह्य हस्तक्षेपविरुद्ध दृढतापूर्वक उभिन र उत्पीडित राष्ट्रहरूसँग ऐक्यबद्ध संघर्षलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *