रा.स्व.पा.का वरिष्ठ नेता बालेन नेपालगन्ज पुग्दा हेर्नेको भीड

Uncategorized
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा सोमबार नेपालगञ्ज पुगेका छन् । उनी सोमबार सुदूरपश्चिम केन्द्रित अभियानका लागि नेपालगञ्ज पुगेका हुन् । बालेन नेपालगञ्ज पुग्दा समर्थकहरूको उल्लेख्य भीड देखिएको थियो ।

 

उनको सचिवालयका अनुसार बालेनको अभियान बाँके, बर्दिया हुँदै सुदूरपश्चिमका विभिन्न जिल्लासम्म विस्तार गर्ने कार्यतालिका छ।

रास्वपाका वरिष्ठ नेतासमेत रहेका बालेनले माघ ४ गते महानगरको पदबाट राजीनामा दिएपछि उनको चुनावी यात्रा झापा ५ बाट प्रारम्भ भएको हो ।  बालेन झापा ५ बाटै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा छन् ।

 

एयरपोर्टबाट कारको रुफटपबाट सबैलाई हात हल्लाएका थिए । बालेनसँग सेल्फी र फोटो खिच्नेहरुको भीड थियो । छतबाट बालेनलाई हेर्ने स्थानीयहरुको पनि उत्तिकै संख्या थियो ।

 

यसअघि उनी ताप्लेजुङ, धनकुटा, धरान, संखुवासभा, इलाम पाँचथर गायत जिल्लामा पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *