नेकपाको प्रमुख सचेतकमा युवराज दुलाल

राजनीति विविध समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित दुलाल पार्टीभित्र सक्रिय र संगठनात्मक क्षमताका आधारमा परिचित नेता मानिन्छन् । संसदीय गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित उनलाई उक्त जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।

दुलाललाई प्रमुख सचेतक नियुक्त गरिएको जानकारी दिँदै पार्टीले संघीय संसद् सचिवालयलाई औपचारिक पत्र पठाइसकेको छ । अब उनले संसदमा पार्टीका सांसदहरूलाई एकीकृत राख्ने, दलको आधिकारिक धारणा प्रस्तुत गर्ने तथा विधेयक र निर्णय प्रक्रियामा समन्वय गर्ने जिम्मेवारी सम्हाल्नेछन् ।

प्रमुख सचेतकको भूमिका संसदमा महत्वपूर्ण मानिन्छ, जसले सांसदहरूको उपस्थिति, अनुशासन र पार्टी निर्णय कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *