अग्राखको समिधा

विचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

सरोज नेपाल
दाम्पत्य सुत्रमा बाँधिएको केहि बर्ष पछि पत्नीलाई अलग्गै खालको खुल्दुली भयो कि , यदी मेरा पतिलाई मैले छोडेर गएँ भने उनले कस्तो महसुस गर्लान् ? आफ्नो यहि कौतुहल मेट्नका लागि एउटा सादा कागजमा लेखिन् ” मैले तिम्रो र तिम्रो परिवारको धेरै सेवा गरेँ।
मलाई आज बल्ल ज्ञात भयो कि म त यो घरकी मालिक्नीको आवरणमा राखिएकी सित्तैकी दाशी पो रहेँछु। अब म स्वतन्त्र हुन चाहन्छु, तिम्रो सम्बन्ध र कर्तव्यबोझबाट मुक्त हुन चाहन्छु ।
त्यसैले म सधैंका लागि जाँदैछु , मलाई खोज्ने निरर्थक कोशिश कहिल्यै नगर्नु ” । त्यो कागज पतिले देख्नेगरी टेबुलमा राखेर त्यहि कोठाको पलङको तलपट्टि लुकेर बसिन् । केहिबेरमा पति आए र टेबलमा राखेको पत्र पढे । केहि बेर कोठामा सन्नाटा छायो । त्यसपछि पतिले त्यहि कागजको तलको बाकी भागमा केहि लेखे । फेरी ठुलो आवाजमा सिट्ठी बजाए । केहिबेर गीत गाए , उफ्रिएर नाचे र कपडा बदल्न लागे । मोबाइलमा कसैलाई फोन गरे र भने ” आज म मुक्त भएँ , सायद मेरी मुर्ख पत्नीलाई थाह भयो कि उनि मेरो लायक छदै थिइनन् , त्यसैले आज सधैका लागि मलाई त्यागेर गईन् । अब हामी खुल्लम खुल्ला प्रेम गर्न स्वतन्त्र छौँ । अब तिमी पनि तयार भएर मेरो घर अगाडिको रेष्टुरेन्टमा आउ ” । पति घर बाहिर निस्किए ।
पति निस्केपछि पत्नी रुँदै बिलाप गर्दै पलङको तलबाट निस्केर आइन् र काँपेको हातले पत्र पढ्न थालिन् । जसमा लेखिएको थियो ” पलङको तल छेउमा तिम्रो खुट्टा देखिएको छ उल्लु बुढी, अगाडीको रेष्टुरेन्टबाट मो मो लिएर आउँछु , खाजा खाएर आज सिनेमा हेर्न जान पर्छ , बेलुकाको खाना बाहिरै खाने हो । मेरो जीवनको खुशीको बहाना तिमी नै हौ बादर्नी , आधा खुशी तिमीलाइ सताउँदा र आधा खुशी तिमीलाई फकाँउदा ।
एउटा कुरा याद गर त हाम्रो बिहेमा साक्षी राखेको अग्नीको समिधा अग्राखको थियो , परालको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *