राजनीति दल, नागरिक समाज र राष्ट्रिय शक्ति संग वार्ता : युवाको मागलाई षड्यन्त्रपूर्वक असफल नबनाऔंः शर्मा

विचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

२, कार्तिक,काठमाडौं । निजी तथा आवासीय विद्यालय सङ्घ (प्याब्सन) का उपाध्यक्ष रबिन्स शर्माले देशलाई फेरि ठूलो मानवीय क्षेती हुनु  बाट बच्चाउन र अकल्पनीय  घटना हुनु बाट जोगाउन अन्तरिम सरकारका प्रधानमन्त्री शुसिला कार्कीलाई राजनीतिक दल ,नागरिक समाज,राष्ट्रिय शक्ति लगाएत सरोकार वाला पक्ष  सग यथासिग्र वार्ता  गर्न अनुरोध  गर्नुभएको छ ।   हालको राजनीतिक जटिलता र जेनजी युवाहरूको आन्दोलनपछि  शर्माले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै, संविधान बमोजिमको चुनावी प्रक्रिया बाटै संविधान परिवर्तन गर्न असम्भव रहेको स्पष्ट पारेका छन् ।

उनका अनुसार, जेनेरेसन–जेड (Gen-Z) उमेर समूहका युवाहरूले नयाँ दल दर्ता गरे पनि ती दलहरू अन्ततः पुराना दलहरूको नीतिगत लाइनमै भासिने सम्भावना रहन्छ । त्यसैले उनले दल दर्ता र दलदलमा फस्नेभन्दा पनि देशको समग्र राजनीतिक अप्ठेरो फुकाल्न तत्काल राष्ट्रिय स्तरको गोलमेच छलफलको आवश्यकता औंल्याएका छन् ।

शर्माले भनेका छन्, “संविधान बमोजिम चुनाव गरेर संविधान परिवर्तन प्रायः असम्भव छ । त्यसैले पटक–पटक देश नजलाऔं, विद्यालय–कलेजका पोशाकमा विद्यार्थीलाई सडकमा नल्याऔं । संसद विघटन गर्न त हजारौं युवाहरू सडकमा आन्दोलन गरेको भए पनि  केपी बा आफैं तयार हुन्थे होलान्, तर अहिले जस्तो अकल्पनीय घटना भएपछि, यति धेरैले बलिदान दिएपछि, अब तत्काल राजनीतिक दल ,नागरिक समाज,राष्ट्रिय शक्ति लगाएत सरोकार वाला पक्षले  मिलेर समाधान खोज्नुपर्छ।”

उनले देशभित्रको प्रतिशोध, इगो र ईर्षाले मुलुकलाई कहिल्यै स्थिरता नदिने चेतावनी पनि दिएका छन् । शर्माले सुसासन, पारदर्शिता, भ्रष्टाचारमुक्त प्रशासन र युवाको सक्रिय सहभागितामार्फत मात्र देश अघि बढ्न सक्ने बताएका छन् ।

उनका अनुसार, २०८२ भाद्र २३ गतेका युवाहरूको मागलाई षड्यन्त्रपूर्वक असफल बनाउने प्रयास कहि कतै वाट नहोस् ,प्रतिशोध साधेर मुलुक बन्दैन ।इगो र इस्या पनि त्यागौ; शासन,प्रशासन संचालनमा भएको  कमि कमजोरीलाई  आत्मसात गर्दै सुधारिने काम गरौं र I am tha state भन्ने  घमण्ड त्यागौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *