मधेश प्रदेशसभाका सभामुख यादवद्वारा प्रदेशका आठै जिल्लाका पत्रकारहरू सम्मानित 

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

मधेश प्रदेशसभाका सभामुख यादवद्वारा प्रदेशका आठै जिल्लाका पत्रकारहरू सम्मानित 

प्याशी प्रशान्त

पुष ११, जनकपुरधाम

मधेश प्रदेश सरकारअन्तर्गत सञ्चार क्षेत्रको योगदानलाई सम्मानित गर्दै प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशका आठै जिल्लाबाट प्रतिनिधित्व गर्ने पत्रकारहरूलाई सम्मान गरेका छन्। एक कार्यक्रमका क्रममा लामो समयदेखि क्षेत्रीय पत्रकारितामा सक्रिय रहेका पत्रकारहरूलाई कलम, डायरि तथा फुल माला, दोसल्लासहित सम्मान गरिएको हो।


कार्यक्रममा सभामुख यादवले लोकतन्त्र सुदृढीकरण, जनताको आवाज उठान तथा नीति–निर्णयमा जनचासो अभिव्यक्त गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रदेशिक विकासयात्रामा मिडियाको योगदान सराहनीय रहेको बताए।


सो अवसरमा पत्रकार महासङ्घका प्रतिनिधि, प्रेस मन्च नेपालका प्रतिनिधि तथा स्थानीय सञ्चारकर्मी, सामाजिक, प्रमुख सूचना आयुक्त डा.सुरेश आचार्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *