गणतन्त्र भौतिक र मानसिक रुपले संस्थागत भइसकेको छ : प्रदेश प्रमुख परियार

कर्णालीका प्रदेश प्रमुख तिलक परियारले गणतन्त्र नेपाली जनमानसमा भौतिक र मानसिकरूपले संस्थागत भइसकेको बताउनुभएको छ । कर्णाली प्रदेश सरकारद्वारा वीरेन्द्रनगरमा आयोजित १५औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता हरेक नेपालीको मनमनमा स्थापित भइसकेको बताउनुभयो । प्रदेश प्रमुख परियारले सङ्घीय लोकतान्त्रि गणतन्त्रात्मक शासन व्यवस्थाबाट प्राप्त उपलब्धिको सदुपयोग गरी संविधानले परिकल्पना […]

Continue Reading

बजेट २०७९/८० : बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने

सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गर्नुभएको हो । बजेटले बाँझो जमिनलाई स्थानीय तहको संयोजनमा कृषि सहकारीलाई ‘लिज’मा उपलब्ध गराउने व्यवस्था उल्लेख छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेटले […]

Continue Reading

बजेट २०७९/८० : उखु किसानलाई अनुदान उपलब्ध गराइने

सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउन रु ८१ करोड विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले सरकारले अनुदान रकम उखु क्रसिङ भएको वर्ष उपलब्ध गराउनेसमेत बताउनुभयो । बजेट वक्तव्यमा अर्थमन्त्री शर्माले उखुको जातीय विकास गर्न उखु अनुसन्धान […]

Continue Reading

आगामी आवको बजेट : वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाइने

सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने बताएको छ । वैदेशिक रोजगारीका लागि नयाँ आर्कषक गन्तव्य मुलुक पहिचान गर्ने र वैदेशिक रोजगारीमा गएकालाई श्रमिकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने अर्थमन्त्री जनार्दन शर्माले उल्लेख गर्नुभयो । आर्थिक वर्ष २०७९/८० को प्रस्तुत गर्दै उहाँले वैदेशिक रोजगारीबाट आर्जन गरेको अर्थबाट सीपमूलक क्षेत्रमा लगानी गर्ने प्रोत्साहन गर्दै सातै […]

Continue Reading

बिहारमा आँधीबाट ३३ को मृत्यु

भारतीय पूर्वी राज्य बिहारमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ । बिहीबारदेखि भारी वर्षासहित आएको आँधीले यहाँ जनधनको ठूलो क्षति भएको पनि बताइएको छ ।बिहार राज्यका मुख्मन्त्री नितिश कुमारलाई उद्धृत गर्दै यहाँका स्थानीय सञ्चारमाध्यमहरुले दिएको समाचारअनुसार बिहीबारदेखि सुरु भएको वर्षा तथा हावाहुरीले यहाँका ३३ जनाको ज्यान लिएको छ । यस राज्यका […]

Continue Reading

राष्ट्रपति बाइडेन र प्रधानमन्त्री मोदीबीच युक्रेनको अवस्थाबारे विचार आदानप्रदान हुने

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच मङ्गलबार टोकियोमा हुन लागेको चतुर्पक्षीय संवाद (क्वाड) बैठकको सन्दर्भमा हुने द्विपक्षीय भेटवार्तामा युक्रेनको बारेमा “रचनात्मक र सीधा” संवाद हुने बताइएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले जापानमा प्रधानमन्त्री मोदीसँग अमेरिकी राष्ट्रपतिको द्विपक्षीय भेट बारे जानकारी दिदै भने, “हामीले युक्रेनको तस्विर कसरी हेर्छौं भन्ने बारे […]

Continue Reading

श्रीलङ्काको रेमिट्यान्समा उल्लेख्य कमी

श्रीलङ्काले अप्रिलमा श्रमिकबाट प्राप्त हुने रेमिट्यान्समा अप्रिलमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५० प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैङ्कले जनाएको छ । गत वर्षको यो अवधिको तुलनामा २४ करोड ८९ लाख प्रतिशत भन्दा बढीको गिरावट भएको बैंकद्वारा आइतबार सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । सन् २०२१ को जनवरीदेखि अप्रिलको बीचमा श्रीलङ्काले कामदारको रेमिट्यान्समा २.३८ अर्ब […]

Continue Reading

अमेरिका र ओमानविरूद्धको त्रिकोणात्मक सिरिजअघि नेपालले टेक्सासमा दुई अभ्यास खेल खेल्ने

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिका र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टिम यो साताको अन्त्यमा अमेरिका जाँदैछ। सिरिजअघि नेपालले अमेरिकाको टेक्सासमा दुई वटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानका अनुसार नेपाली अलस्टार्सको व्यवस्थापनमा अभ्यास खेल हुनेछ। नेपाली टिम आगामी आइतबार अमेरिका पुग्नेछ। नेपालले जेठ १९ गते अलस्टार्ससँग […]

Continue Reading

एसी मिलानले ११ वर्षपछि जित्यो लिगको उपाधि

एसी मिलानले ११ वर्षपछि ‘इटालियन सिरि ए’ को उपाधि जितेको छ। आइतबार राति भएको लिगको अन्तिम खेलमा सासौलोलाई ३-० गोलले हराएपछि एसी मिलानले २०११ पछि पहिलो पटक उपाधि जितेको हो। मिलानको जितमा जिरूडले १७ र ३२ तथा केसीएले ३६ मिनेटमा गोल गरे। उसले समग्रमा लिग जितेको भने यो १९औं पटक हो। यता अन्तिम खेलमा साम्पडोरियालाई […]

Continue Reading

बार्सिलोनाको १४ वर्ष यताकै कम अंक

स्पेनिस ला लिगामा बार्सिलोनाले हारबाट लिग अन्त्य गरेको छ। आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा भिल्लारियलसँग २-० गोलले पराजित भयो। भिल्लारियलका पेड्राजाले ४१ मिनेट र बार्डोनाडोले ५५ मिनेटमा गोल गरे। लिगमा दोस्रो बनेको बार्सिलोनाले ७३ अंक जोड्यो। यसअघि नै लिग जितेको शीर्ष स्थानको रियल म्याड्रिडले ८६ अंक बटुल्यो। अन्तिम खेलमा पराजित भएको बार्सिलोनाले ला […]

Continue Reading