पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत प्राप्त गर्नुभएको छ भने एमालेका उपप्रमुख पदका उम्मेदवार दनुवारले नौ हजार ५३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रमुख पदका निकटतम […]

Continue Reading

भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुग्नुभएको छ । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुग्नुभएको हो । अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ । महानगरमा एक लाख २७ हजार ८३९ मत […]

Continue Reading

ऐसेलुखर्क गाउँपालिकामा व्यापक भ्रष्टाचार, जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा अत्याधिक

खोटाङ  । तपाईलाई गाउँपालिकाका जनप्रतिनिधिले प्रधानमन्त्री तथा राष्ट्रपतिको भन्दा बढी सेवा सुविधा लिए भन्दा पत्यार नलाग्न सक्छ । तर, खोटाङकै ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष तथा पदाधिकारीले यो देशको सांसद त के, प्रधानमन्त्री तथा राष्ट्रपतिको भन्दा पनि बढी सुविधा लिएको पाइएको छ । २०७६ सालमा तलब सुविधा बढेसँगै राष्ट्रपतिको तलब १ लाख ७७ हजार ५३१ रुपैयाँ छ […]

Continue Reading

१६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै

१६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन […]

Continue Reading

नागार्जुनको उपमेयरमा रिता र रेखाको चर्चा

काठमाडौं । काठमाडौं जिल्लाको उत्तरपश्चिम भेगमा रहेको नागार्जुन नगरपालिकाको आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राजनैतिक दलहरुले आ–आफ्नो उम्मेदवारहरुलाई चर्चामा ल्याएका छन् । नागार्जुन नगरपालिका साविकको इचङ्गु, सीतापाइला, रामकोट, भिमढुङ्गा र स्यूचाटार गाविस गाभेर १० वटा वडामा विभाजन गरिएको हो । यो नगरपालिकामा करिब ३२ हजार १८ मतदाता रहेका छन् । हालको राजनैतिक […]

Continue Reading

सुरक्षा समितिद्वारा मतदानस्थलको अनुगमन

जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदानस्थलको अनुगमन गरेको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्धारण गरिएका मतदानस्थल तथा केन्द्रको अनुगमन गरिएको जनाइएको छ । जिल्ला सुरक्षा समितिका संयोजक […]

Continue Reading

हर्षोल्लासपूर्वक मनाइयो नयाँ वर्ष २०७९ को पहिलो दिन

आज विक्रम संवत् २०७९ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा मनाइने […]

Continue Reading

भूउपयोग व्यवस्थापन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ: प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भूउपयोग व्यवस्थापनको कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । लिखत रजिस्ट्रेशन पारित भएको १०० वर्ष पुगेका अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भूमि प्रशासनको क्षेत्रमा रहेका जनताका गुनासोको यथोचित सम्बोधन गर्दै यस क्षेत्रलाई स्वच्छ, स्वचालित र पारदर्शी बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । […]

Continue Reading

पशुपतिनाथमा तीन लाख दर्शनार्थी, २८० भक्तजनले गरे विशेष पूजा

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । पशुपतिनाथमा तीजको जत्तिकै दर्शनार्थी आएकाले तीन लाखभन्दा बढीले मूल मन्दिर प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई […]

Continue Reading

सत्तागठबन्धन दलबीच चुनावी तालमेलको आधार तयार

सत्तागठबन्धन पाँच दलले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न विभिन्न सात आधार तय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले आगामी वैशाख पहिलो सातासम्म निर्वाचनमा सिट बाँडफाँट गर्ने बारेमा समेत सहमति गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र […]

Continue Reading