सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँः कानुनमन्त्री गौतम

काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताउनुभएको छ । राष्ट्रपतिसक्षम शपथ ग्रहणलगत्तै सिंहदरबारमा आएर पदभार ग्रहण गर्दै मुलुकी अपराधसंहिता, २०७४ लगायतका संहिताहरुमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्ने विषयमा हस्ताक्षर गर्दै सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताउनुभयो । “विगतमा रोकिएर रहेका नयाँ निर्माण गर्नुपर्ने कानुनहरु, संशोधन […]

Continue Reading

चीनले दियो प्रधानमन्त्री बालेनलाई बधाई,आपसी विश्वास, विकास साझेदारी र क्षेत्रीय स्थायित्वमा योगदान पुर्‍याउने

काठमाडौँ । चीनले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेको अवसरमा बधाई तथा शुभकामना दिएको छ । चीन सरकारले एक औपचारिक सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनको सफल कार्यकालको कामना गर्दै नेपालसँगको परम्परागत मित्रता र आपसी सहकार्यलाई अझ सुदृढ बनाउन तत्पर रहेको जनाएको छ । सन्देशमा चीनले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितका क्षेत्रमा […]

Continue Reading

निर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै छ । केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो । बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रूपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका थिए […]

Continue Reading

समकक्षी मोदीको बधाई, भने- यहाँसँग मिलेर काम गर्न तत्पर छु

काठमाडौँ ।  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीलले बधाई दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शाहले प्रधानमन्त्री पद र गोपनीयताको शपथ लिएसँगै भारतीय समकक्षी मोदीले बधाई दिएका हुन् । मोदीले सामाजिक सञ्जालमा बधाई दिँदे लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई । यहाँको यस नियुक्तिले नेपाली जनताले […]

Continue Reading

मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पहिलोपटक ५ जना महिला सांसद मन्त्री बन्न सफल भएका छन । राज्यले ग्यारेन्टी गरे पनि अहिलेसम्म संघीय क्याबिनेटमा ३३ प्रतिशत महिला पुग्न पाएका थिएनन् । यससँगै प्रधानमन्त्री शाहको मन्त्रीपरिषद्ले संविधानअनुरुप ३३ प्रतिशत महिला सहभागितालाई पहिलोपटक सुनिश्चित गरेको हो । बालेन्द्रको क्याबिनेटमा समानुपातिक र प्रत्यक्ष दुवैतिरबाट […]

Continue Reading

महान्यायाधिवक्ता भण्डारीले दिइन् पदबाट राजीनामा

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् । महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर राजीनमा बुझाएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भण्डारीले केहीबेर अघि राजीनामा बुझाएकी हुन् । भण्डारीलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

Continue Reading

भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिम घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिम तयार भएको छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ६० औं साधारणसभा पछि  स्वतः अध्यक्ष बन्दैछन् । सोमबार एक कार्यक्रम आयोजना गर्दै यस समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको हो । यस प्यानलमा वस्तुगत संघको तर्फबाट शिवप्रसाद घिमिरेले […]

Continue Reading

राप्रपाका पदाधिकारीहरूले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने भन्दै लोहनीले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशक समितिको अध्यक्षबाट डा.प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन् । गत २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गर्दै तदर्थ समितिमार्फत महाधिवेशन गर्नुपर्ने बताएका छन् । महाधिवेशन भएर त्यसपछि प्राप्त पदमा मात्रै आफू रहने उल्लेख गर्दै उनले राजीनामा दिएका हुन् । पार्टीको नेतृत्वमा तहमा रहेका पदाधिकारीहरूले तत्काल […]

Continue Reading

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ भोलि

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथ भोलि (सोमबार) हुने भएको छ । केसीको शपथ भोलि बिहान सवा ११ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।  प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले […]

Continue Reading

कुबेतमा अलपत्र ३३ नेपालीको उद्धा

काठमाडौं । पश्चिम एसिया तनावको असरले कुवेतमा फसेका नेपालीको उद्धार गरिएको छ ।  विभिन्न देशबाट नेपाल आउने तथा गन्तव्य मुलुक जाने गरी कुवेत ट्रान्जिटमा रहेका ३३ जना नेपालीलाई गन्तव्य मुलुक पठाइएको हो । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका उनीहरूलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको दूतावासले जनाएको छ । कुवेतबाट उनीहरूलाई स्थलमार्ग हुँदै साउदी पठाइएको थियो […]

Continue Reading