कविता – उ एउटा जेन्जी

विचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

छवि न्याैपाने

 

मेरो घरमा एउटा जेन्जी छ ।
उ दिनभरी सुत्छु भन्छ,
रातभरी उठ्छु भन्छ ,
खाना भरसक ओछ्यान मै मगाउन खोज्छ,
खाइसके पछि चुठाइ दिनु पनि भन्छ । ।

उ रातभर पढ्छु भन्छ ।
के पढिस भन्दा नसोध्नु भनी रिसाउछ ,
अहिले को जमानामा पुस्तक हेरिन्दैन भन्छ,
सबै कुरा मोबाइलमा खोज्छु भन्छ ,
मेरो आखा हेर्नु थाहा हुदैन ?भन्छ ।

उ वडो सामाजिक बन्छु भन्छ ।
मलाई र अर्को एक जनालाई मात्र चिन्न खोज्छ ,
अरुलाई बाल . . भन्छ ,
बाटो हिड्दा म त सिधै हिड्छु भन्छ,
अरु बटुवाले वाटो छोडुन भन्छ ।

उ देशमा बस्दिन भन्छ ।
अवसर देख्दिन भन्छ ,
पढ्न जाछु विदेश भन्छ,
काम छैन यहा फर्किन्न भन्छ । ।
मेरो जेन्जी मेरा आशाहरुलाई वेवास्ता गर्छ ।

हिडन पाए हुन्छ जतापनि पुगियोस बाल . भन्छ,
मलाइ चाहिएको कुरा जसरी नि देउ भन्छ,
घरमा समस्या छ भन्दा मलाई बाल मतलब भन्छ ।
सामाजिक सञ्जालमा दिन बिताउँछ ,
मोबाइल गेममा रात बिताउछ ,

उ आफ्नै पारामा हुन्छ ।
म मुडमा छु भन्छ ,
घरकी बहिनी तर्सिने गरि गीत गाउँछ ,
कहिले कतै गएजस्तो घरै सुनसान बनाउँछ ।

उ एउटा जेन्जी हो ।

देशले भर्खरै चिनेको,
छिमेकी हरुले देखेको
तर बोलचाल नभको
उ एउटा जेन्जी हो
मेरो घरमा एउटा जेन्जी छ ।
उ मेरो प्रिय छ ।
समाप्त
२०८२ / ५ / ३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *