अर्याल, खनाल र घिसिङले आज शपथ लिँदै

अन्तर्राष्ट्रिय प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । आइतबार साँझ नियुक्त ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनालले आज शपथ लिन लागेका हुन् ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयमा नियुक्त गरेकी छन् । अर्थमन्त्रीमा रामेश्वर खनाल नियुक्त भएका छन् ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएका छन् । घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *