तत्कालीन नेकपा विभाजनपश्चात बिछोडको घाउमा मलम लागे जस्तो भयो: डा. रावल

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ । मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा.भीम रावलले नेपाली कम्युनिस्ट पार्टीसँग सङ्गठनात्मक एकता गर्न पाउँदा तत्कालीन नेकपा विभाजनपश्चात बिछोडको घाउमा मलम लागेझैँ भएको प्रतिक्रिया दिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीसँग सङ्गठनात्मक एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनले भने, -जुनबेला नेपाल कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टीलाई विशृङ्खलित गरेर निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरिँदा गह्रौँ मन लिएर यसै ठाउँबाट गइएको थियो । फर्केर आज नेपाली कम्युनिस्ट पार्टीअन्तर्गत तत्कालीन नेकपाका नेतासँग विचार मन्थन गर्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लागेझैँ भएको छ ।

रावलले बलियो राष्ट्रिय शक्ति निर्माण गरेर सामाजिक न्याय, आर्थिक तथा सामाजिक रूपान्तरणलाई सशक्त रूपमा अघि बढाउने सङ्कल्पका साथ बढ्ने प्रण गरे । -आगामी दिनमा शक्ति रुपले सङ्गठनात्मक भावनात्मक एकता र सङ्कल्पका साथ आफ्नो लक्ष्यमा पुगिसक्ने छौँ, उनले भने ।

राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाउन जरुरी रहेको बताए ।
युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ लैजान पार्टीलाई जिम्मेवार बनाई अगाडि बढाउनुपर्ने नेता रावलले बताए ।

 

मुलुकको विकास र शान्ति सुव्यवस्थाका लागि कम्युनिस्टहरु एकजुट भएर राष्ट्रको रक्षाका लागि उभिन नसके नेपालीले क्षेप्यास्त्र खाने दिन धेरै टाढा नरहेको समेत दाबी गरे । उनले भने, ‘देशभक्त, प्रगतिशील कम्युनिस्टहरू एकताबद्ध, निस्वार्थ भएर र नेतृत्वले पनि देशभक्त पार्टी बनाउँछु भनेर कम्मर कसेन भने हाम्रा क्षेप्यास्त्र खाने दिन धेरै टाढा छैनन्, उनले भने, -त्यसैले नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाऔँ, क्षेप्यास्त्र रोकौं । बाहिरी हस्तक्षेप र देशलाई टुक्रिनबाट रोक्न नेपाली कम्युनिस्ट पार्टीलाई बलियो बनाएर लैजानुपर्छ । खेत बाँझो हुन, युवाहरुलाई विदेश जानबाट रोकौं ।’

 

उनले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीको सत्ता स्वार्थ र अहंकारका कारण तत्कालीन नेकपा नटिकेको चन्दै ओलीको अहंकारी र घमण्डी चरित्रकै कारण एमाले आज स्वर्गीय नेता मदन भण्डारीको परिवारको समेत हुन नसकेको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *