कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा डोजर चलाएको छ ।

पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिकाले स्काउटको जग्गा ओगटेर राखेको संरचनामा महानगरले डोजर चलाएको हो ।

महानगरको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले संरचना खाली गर्न लागेको खेलकुदमन्त्री मन्त्री बब्लु गुप्ताको सचिवालयले जानकारी दिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले यसअघि बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो । पछिल्लो ताकेताको म्याद सकिएसँगै ती संरचना डोजर चलाइएको हो

स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *