मुखीयापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष यावदले अन्तराष्टिय सम्मान पाउँदै

प्रमुख समाचार प्रशासन राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाण्ठौं । समाजसेवी तथा धनुषा स्थित मुखीयापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादव डाक्टर अम्बेडकर सेवाश्री अन्तराष्ट्रिय सम्मानबाट सम्मानित हुँदै छन् ।

भारतीय दलित साहित्य अकादमीको ४१ औं राष्टिय दलित साहित्यकार सम्मेलनको अवसरमा यही डिसेम्बर १२ र १३ गते भारतको नयाँदिल्लीमा हुने उक्त कार्यक्रममा अध्यक्ष यादव सम्मानित हुने भएका हुन् ।
अन्तराष्टियतहको उक्त सम्मेलनमा भारत सहित विभिन्न देशबाट सहभागि हुने बताईएको छ ।
दलित साहित्यकार, पत्रकार ,लेखक तथा समाजसेवीहरुले उक्त कार्यक्रममा भाग लिने छन् भने दलित साहित्य उत्थानका सबालमा बिचार विमर्श गरिने  छ ।
कार्यक्रमको पहिलो दिन सम्मान दिवश तथा दोस्रो दिन अधिकार दिवशको रुपमा कार्यक्रम तय गरीएको अकादमीका महामन्त्री जय सुम्नाक्षरले बताए ।
सम्मानित यादव धनुषा स्थित मुखीयापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष हुन् । उनले दलित अभियानमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानको सिफारीस गरीएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *