आज कोशी र बागमती प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा वर्षा र हिमपात हुने

प्रमुख समाचार प्रशासन समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *