सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनः निर्माण हुने विश्वास व्यक्त गरेका छन् ।

 

गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुःख लागेको र नेपाल सरकारले यी संरचनाहरुलाई चाँडै पुनः निर्माण गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता घटना नहोस् भन्ने कामना गर्दै साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतको क्षतिग्रस्त कार्यालयको अवलोकन गरेकी थिईन् । त्यसअघि पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वागत गर्दै कार्यालयहरुको अलोकन गराएका थिए । कार्यालय अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरीन् ।

पूर्व राष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको अवलोकन गरेकी हुन् । त्यस्तै उनले रेक्ट्रोफिटिङ्ग कार्य भइरहेको सिंहदरबार ग्यालरी बैठक भवनको पनि अवलोकन गरीन् । पूर्वराष्ट्रपति भण्डारीको साथमा सञ्चारमन्त्री खरेल, प्रधानमन्त्री कार्यालयका सचिव, गृहमन्त्रालयका सचिवलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *