@
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले ‘जेनजी ’ आन्दोलनका क्रममा भएका क्षति–नोक्सानीको स्थलगत अवलोकन गरेका छन् । आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधिबाट प्रभावित विभिन्न स्थानको प्रत्यक्ष निरीक्षण गरेका हुन् ।
अध्यक्ष नेपालले अवलोकन गरेका स्थानहरूमध्ये आफ्नै निवास समेत रहेको छ, जुन आगजनीमा परेर ठूलो क्षति भएको छ । त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवास, एमाले महासचिव शंकर पोखरेलको घर, नेता प्रेम आले, अग्नि खरेल, जीवनराम श्रेष्ठ, राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरूको घरमा भएको क्षतिको पनि उनले अवलोकन गरेका छन् ।
यसबाहेक, एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तथा सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय कान्तिपुर टेलिभिजन भवनसमेत आन्दोलनका क्रममा आक्रमणमा परेको हुँदा त्यहाँको अवस्था बुझ्न अध्यक्ष नेपाल पुगेका थिए।
स्थलगत अवलोकनपछि अध्यक्ष नेपालले आन्दोलनले सामाजिक, राजनीतिक र भौतिक संरचनामा गम्भीर नोक्सानी पुर्याएको भन्दै गहिरो चिन्ता व्यक्त गरेका थिए। उनले शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक मोड दिने प्रवृत्ति अस्वीकार्य भएको भन्दै सबै पक्षलाई संयमित रहन आह्वान गरे ।
पूर्वप्रधानमन्त्री नेपालले जेनजी आन्दोलनलाई सामाजिक न्याय, परिवर्तन र अधिकार सुनिश्चितताको आवाजका रूपमा बुझ्न आवश्यक भए पनि तोडफोड र हिंसाबाट त्यसको उद्देश्य कमजोर हुने चेतावनी दिए। उनले राज्य र नागरिकबीच विश्वासको पुल निर्माण गर्दै सहमति, संवाद र जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दि