नेपाल टेलिकमले ल्यायो दशैँ तिहार अफर

आर्थिक समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं।   नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वको अवसरमा दसैं-तिहार-छठ अफर २०८२ उपलब्ध गराएको छ ।

 

सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटसहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरू सोमबारदेखि प्रारम्भ हुनेछन् ।

 

यस अफर अन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई जडान शुल्क ५०० रुपैयाँ मिनाहा गरिएको टेलिकमले जनाएको  छ ।

 

यसै गरी दशैँ-तिहार-छठ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरूका लागि ४९९ रुपैयाँ मा ५ जीबी फेस्टिवल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको छ ।

 

फेस्टिवल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन उचित उपयोग नीति (एफयूपी) मा तोकिएको ५ जीबी डाटा भोल्यूम खपत भइसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिवल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन एफयूपीमा तोकिएको १० जीबी डाटा भोल्यूम खपत भइसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।

 

टेलिकमका अनुसार २५० रुपैयाँमा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेटस् र ९९ रुपैयाँमा १००० अन-नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

 

यो अफर लिन मोबाइलबाट १४१५११# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *