सिंहदरबारबाट सञ्चारमन्त्रीले गरे दुई वटा घोषणा- ५ महिनाभित्र महत्वपूर्ण शहरमा नि:शुल्क इन्टरनेट हुनेछ

अन्तर्राष्ट्रिय प्रमुख समाचार प्रशासन समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।

पदभार गर्ने क्रममा मन्त्री खरेलले पहिलो निर्णय सुनाउँदै यस्तो निर्णय गरेका हुन् । उनले सार्वजनिक स्थलमा इन्टरनेटकाे आवश्यक रहेकाले नि:शुल्क इन्टनेट हुनुपर्ने बताए ।

२ महिनाभित्र काठमाडौँ उपत्यकाका जुनसुकै सार्वजनिक स्थानमा गए पनि निःशुल्क इन्टरनेट सेवा  त्यस्तै पाँच महिनाभित्र राजधानीसहित देशभरका सात वटै प्रदेशका १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेटको पहुँच हुनेछ उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *