जेनजी आक्रमणमा घाईते देउवाको गर्दनको १२ टाँका चार दिनपछि खोलिने

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

काठमाडौं । चोटका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्दनमा लगाइएको १२ टाँका चार दिनपछि काटिने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले भदौ २४ गते बूढानीलकण्ठस्थित निजी निवासमा आगजनी र तोडफोड गर्दा देउवा दम्पतीलाई  कुटपिट गरेका थिए ।

कुटपिटबाट गर्दनमा गम्भीर चोट लागेका देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । टाँका आजको चार दिनपछि काट्न मिल्ने उपचारमा संलग्न डाक्टरहरूले बताएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

आन्दोलनकारीले देउवामाथि कुटपिट गर्दा सँगै रहेकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा। आरजु राणा देउवामाथि पनि कुटपिट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *