फिदिम ११ काे वडा कार्यालयमा तोडफोड

प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

पाँचथर  । फिदिम नगरपालिका–११, तृतिया बजारस्थित फिदिम नगरपालिका–११ नं. वडा कार्यालय भवनमा तोडफोड भएको छ।

घटनामा वडा कार्यालयको एक तल्ले पक्की भवनका ७ वटा झ्यालका कुल २१ वटा पल्लाको सिसा फुटाई क्षति पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

तोडफोडमा संलग्न फिदिम–११ का २८ वर्षीय बल शंकर र ३१ वर्षीय भिम सुबेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रनाउ अनिश कुमार कर्णले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *