असोज १७ देखि २१ सम्म भीषण वर्षा हुने अनुमान

अन्तर्राष्ट्रिय प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

मौसमविदले अबको केहि दिनमा भीषण बर्षाको अनुमान गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले अब ‘भारी’ वर्षाको सम्भावना रहेको जानकारी दिएका हुन् ।  उनले असोज १७ देखि २१ सम्म अर्थात अक्टोबर ३ देखि ७ सम्म भारी वर्षा हुन सक्ने बताएका छन् ।

डा. पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्,‘फोरकास्ट (मौसम पूर्वानुमान) नमिलोस् भनेर अझै कामना गरौँ, तर, पोहोर सालको असोजको जस्तै भीषण पानी पर्ने सम्भावना धेरै छ । अहिले तीन मोडेलले उक्त अवधिमा भारी वर्षा हुने देखाएको छ । भोलिदेखि वर्षा हल्का मध्यम हुँदै बिहीबार रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने देखिन्छ । यात्रा गर्दा ध्यान दिनुहोला, भारी वर्षा लगभग ३-४ दिन सम्म हुने देखिएकोले कृषकहरूलाई बेलैमा जानकारी गरिदिनु होला ।’

मौसम पूर्वानुमान शाखाले पनि आज बिहान जारी बुलेटिनमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।

गत वर्ष असोज १० देखि १३ गतेसम्म देशभर भारी बर्षा भएको थियो । त्यस्तै भारतले असोज १७–१९ गतेसम्म सिक्किम, पश्चिम बंगाल, बिहारमा भारी वर्षाको ‘अलर्ट’ जारी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *