ओली र लेखकलाई पक्राउकाे माग गर्दै प्रहरीसमक्ष पुगे जेनजी

प्रमुख समाचार राजनीति समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गराउन जेनजी अगुवाहरू प्रहरीसमक्ष पुगेका छन् । जेनजी अगुवा सुदन गुरुङसहितको टोली सोमबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी लिएर पुगेको हो ।

प्रहरीका अनुसार , उनीहरूको जाहेरी दर्ता गरिएको छैन । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे न्यायिक छानबिन समिति गठन भइसकेको र समितिले काम गरिरहेकाले जाहेरी दर्ता गर्न नमिल्ने भन्दै प्रहरीले उनीहरूलाई फिर्ता पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *