काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोहले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको वस्तुगत आधार र आवश्यकता बलियो गरी तयार पारिदिएको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव चन्दले सो कुरा बताएका हुन् ।
उनले आफ्नो पार्टीले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अघि सारेको बताउँदै जेनजी विद्रोहले त्यसको आधार तयार पारिदिएको बताए । उनले अग्रज नेताहरूले बन्धन तोड्न तयार भएमा अभूतपूर्व शक्ति निर्माण हुनेमा कुनै शङ्का नरहेको समेत बताएका छन् ।
विप्लवले भनेका छन्– ‘इतिहास कहिलेकाहीँ नेतृत्वको बन्धन बन्छ । अग्रज नेताहरूले बन्धन तोड्न तयार भएमा अभूतपूर्व शक्ति निर्माण हुनेमा कुनै शङ्का छैन । तर यो काम जति महान् छ, त्यति नै कठिन पनि छ ।’