कविता – देशै जल्यो

विचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

सीता ओझा
सिंह दरबार मात्रै होइन
हेर्दा हेर्दै
मेरो मन र तन पनि जल्यो
आशा र भरोसाको सास पनि जल्यो
सर्बोच्च अदालत होइन
कठघराको
न्याय र निसाफ जल्यो
अभाव र निष्ठा पनि जल्यो
प्रहरीका कार्यलय होइन
नागरिकको लागि
शान्ति र सुरक्षा जल्यो
हेर्दाहेर्दै जिउ र धन खरानी भयो
रास्ट्रपति कार्यलय मात्रै जलेन
व्यवस्थासँग
विधि,विधान,संरचना
लगानी,रोजगारी र इतिहास जल्यो
साथमा जले संस्कृति र ऐतिहासिकताहरु
देशको शान्ति र अमनचयन जलिरहँदा
जेनजीहरु हो
तिमीहरु किन मौन बस्यौ ?
तिमीहरुको त्यो मौनताले
तिमीलाई जन्माएको
मेरो कोख दुख्यो
छाती चसक चस्कियो ।
जेनजीहरु हो
देश मात्रै होइन
तिमीहरुले
तिमीहरुकै सम्पत्तिको सत्यनास गर्यौ
हार र जित पनि तिमीहरुकै हो
अराजकता,हत्या र हिंसा पनि तिमीहरुकै हो
जेनजीहरु हो
अरु त केहि भएन
बिधङ्स्वले
तिमीहरुप्रतिको विश्वास तोडियो
भरोसा फेरियो
लाखौलाखको जित पनि
हारमा परिणत हुनेभयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *