बाढीपहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्याे

प्रमुख समाचार समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

 

काठमाडौं । गत शुक्रवार र शनिवार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६० पुगेको छ ।जसमा १९ पुरुष, २६ महिला र १५ नाबालक रहेका प्रहरीले जनाएको छ ।

जसमध्ये सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ र काभ्रेमा २ जनाको मृत्यु भएको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *