काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार पदाधिकारी बैठक बोलाएका छन् ।
असोज २६ गते आइतबार बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । बैठक बस्ने स्थान भने खुलाइएको छैन ।
बैठकमा पार्टीको १५औं महाधिवेशन नियमित गर्ने कि विशेष गर्ने भन्ने विषय मुख्य एजेन्डाका रूपमा रहेको बताइएको छ ।
त्यस्तै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबारे बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।